रूस–युक्रेन युद्धमा कम्तिमा ३० उत्तर कोरियाली सैनिकहरूको मृत्यु भएको जानकारी प्राप्त भएको छ। युक्रेनी सैन्य खुफिया एजेन्सी र पेन्टागनका अनुसार, युक्रेनी सेनाले रुसको कुर्स्क सीमाक्षेत्रमा रुसी सेनासँग मिलेर लडिरहेका उत्तर कोरियाली सैनिकलाई मारेको र घाइते बनाएको बताएका छन्।
युक्रेनी सैन्य खुफिया एजेन्सी गुरका अनुसार, उत्तर कोरियाली सेनाले महत्त्वपूर्ण क्षति भोगेको छ, जसमा कम्तीमा ३० सैनिक मारेका छन्। युक्रेनी हमलामा घाइते भएका उत्तर कोरियाली सैनिकहरू हाल कुर्स्क क्षेत्रका विभिन्न गाउँहरूमा उपचाररत छन्। यसैबीच, कुरिलोभ गाउँको क्षेत्रबाट तीन उत्तर कोरियाली सैनिक बेपत्ता भएका छन्।
दक्षिण कोरिया, अमेरिका र युक्रेनी गुप्तचरहरूका अनुसार, उत्तर कोरियाका करिब ११,००० सैनिकहरू युक्रेनी सेनाविरुद्ध अग्रपंक्तिमा लड्नका लागि रुसमा कार्यरत छन्। अधिकांश उत्तर कोरियाली सैनिकहरू रुसको कुर्स्क क्षेत्रमा तैनाथ छन्, जुन क्षेत्र अगस्त महिनामा युक्रेनी सेनाले रुसी भूभागमा आक्रमण गरेको बाद आंशिक युक्रेनी नियन्त्रणमा आएको थियो।
पेन्टागनका प्रवक्ता मेजर जनरल प्याट राइडरले युक्रेनी सेनाको दावीलाई सही बताउँदै, अमेरिकाले कुर्स्क क्षेत्रमा लडाइँमा उत्तर कोरियाली सैनिकहरूको मृत्यु र घाइते हुने पुष्टि गरेको जानकारी दिएका छन्।
यस घटनामा रूसले आफ्ना सैनिक र सहयोगीहरूको हताहतको विवरण विरलै सार्वजनिक गरेको छ, र हालसम्म क्रेमलिनले युक्रेनी र अमेरिकी दाबीमा कुनै प्रतिक्रिया दिएको छैन।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस