Like us!
Follow us!
Connect us!
Watch us!

सेल्फी खिचेको कारण कारवाहीमा परे ओलम्पिक खेल्ने उत्तर कोरियाका खेलाडी

अर्थ संसार

आइतबार, ०९ भदौ २०८१, २१ : २६ मा प्रकाशित

सेल्फी खिचेको कारण कारवाहीमा परे ओलम्पिक खेल्ने उत्तर कोरियाका खेलाडी

पेरिस ओलम्पिकमा दक्षिण कोरियाली टेबलटेनिस खेलाडीसँग फोटो खिचाउने दुई उत्तर कोरियाली खेलाडीले स्वदेश फर्केपछि नैतिकताको जाँचको सामना गर्नु परेको छ ।

मिडिया रिपोर्टका अनुसार टेबलटेनिसको मिश्रित प्रतियोगितामा रजत पदक जितेका खेलाडी रि जोङ सिक र किम कुम योङले पदक समारोहपछि चीन र दक्षिण कोरियाका खेलाडीसँग सेल्फी खिचेका थिए ।

उत्तर कोरियाको तर्फबाट उनीहरुलाई पेरिस ओलम्पिकमा छिमेकी देश दक्षिण कोरियाका खेलाडीसँग अन्तरक्रिया नगर्न निर्देशन दिइएको थियो ।

दक्षिण कोरियाली मिडियाका अनुसार फोटो खिच्ने क्रममा उत्तर कोरियाली खेलाडीको मुस्कुराउने व्यवहारले त्यहाँका अधिकारीहरूलाई विशेष समस्यामा पारेको थियो ।

गैर-कम्युनिष्ट देशहरूबाट फर्केपछि उत्तर कोरियालीहरूले नैतिक जाँचको सामना गर्नु सामान्य कुरा भएको रिपोर्टमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको