Like us!
Follow us!
Connect us!
Watch us!

थाइल्याण्ड जाँदै प्रधानमन्त्री ओली

अर्थ संसार

शुक्रबार, १८ साउन २०८१, ११ : १६ मा प्रकाशित

थाइल्याण्ड जाँदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा निस्किने भएका छन् ।

भदौ १९ र २० गते आयोजना हुने छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन उनी भदौ तेस्रो साता थाइल्याण्ड जाने भएका हुन् । उनी पछिल्लोपटक प्रधानमन्त्री भएपछि सम्भवत यो नै पहिलो विदेश भ्रमण हुने छ ।

सरकार प्रमुखको रुपमा ओलीले शिखर सम्मेलनमा सहभागिता जनाउने छन् । त्यसका लागि तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बिम्स्टेकले कृषि, सांस्कृतिक सहकार्य, वातावरण तथा विपद् व्यवस्थापन, जलवायु परिवर्तन, गरिबी निवारण, आतंकवाद तथा बहुराष्ट्रिय अपराध नियन्त्रण लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

बिम्स्टेक सम्मेलनमा थाइल्याण्डसहित नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार र श्रीलंका सदस्य राष्ट्र छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको