Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय बीमा कम्पनी एघारौं वर्षमा प्रवेश, विश्वसनीय सेवा दिने प्रतिबद्धता

अर्थ संसार

शुक्रबार, १८ साउन २०८१, ११ : ३२ मा प्रकाशित

राष्ट्रिय बीमा कम्पनी एघारौं वर्षमा प्रवेश, विश्वसनीय सेवा दिने प्रतिबद्धता

राष्ट्रिय बीमा कम्पनी ११ वर्षमा प्रवेश गरेको छ । बीमा कम्पनी १० वर्ष पुरा गरी आजदेखि ११औं वर्षमा प्रवेश गरेको हो ।

वि.सं.२०२४ सालमा राष्ट्रिय बीमा कम्पनी प्रालिका रूपमा स्थापना भएपश्चात् राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ बमोजिम राष्ट्रिय बीमा संस्थान स्थापना भएको थियो । राष्ट्रिय बीमा संस्थानको निर्जीवन बीमा विभागलाई नेपाल सरकारको वि.सं २०७१ बैशाख २३ गतेको निर्णयानुसार छुट्टै सङ्गठित संस्थाको नाममा निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको थियो । 

बीमा कम्पनीको नेपाली बीमा बजारको विकास एवं विस्तारमा कम्पनीको नेतृत्वदायी  भूमिका  रहेको  छ  ।  सरकार,  निजी  क्षेत्रका  प्रतिष्ठानहरू  र  सर्वसाधारण  जनताको  विश्वास एवं भरोसाले बीमा बजारमा प्रतिस्पर्धा हुँदाहुँदै पनि व्यावसायिक एवं ग्राहकमुखी कार्यशैली र  बीमितहरूको  चाहना  एवं  आकाङ्क्षा  अनुरूप  उच्च  स्तरको  सेवा  प्रवाहका  कारण  व्यवसाय  अभिवृद्धि गर्न सफल भएको छ ।

कम्पनी ऐन, २०६३ अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा जेठ २८ गते दर्ता भई २०७१ साल साउन १८ गतेबाट कारोबार सञ्चालन गरेको थियो ।यस कम्पनीसँग पाँच दशकभन्दा लामो निर्जीवन बीमा व्यवसायको इतिहास छ । आगामी दिनहरूमा अझ भरपर्दो स्तरीय र विश्वसनीय बीमा सेवा प्रदान गर्दै जाने कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ ।

२६ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीमा नेपाल सरकारको ४१.०३ प्रतिशत, कर्मचारी सञ्चय कोषको १९.३७ प्रतिशत, नेपाल बैंकको ९.६० प्रतिशत गरी कुल ७० प्रतिशत संस्थाप समूहको सेयर स्वामित्व छ भने सर्वसाधारण समूहको ३० प्रतिशत सेयर स्वामित्व छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको