Like us!
Follow us!
Connect us!
Watch us!

१८.८० % ले घट्यो राष्ट्रिय बीमा कम्पनीको खुद नाफा,कस्ता छन् अन्य सूचक?

अर्थ संसार

बुधबार, ३० साउन २०८१, ११ : ४३ मा प्रकाशित

१८.८० % ले  घट्यो राष्ट्रिय बीमा कम्पनीको खुद नाफा,कस्ता छन् अन्य सूचक?

राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ।

खुद नाफा

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले गत वर्ष ६२ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षका तुलनामा १८.८० प्रतिशतले कम हो । अघिल्लो वर्षमा कम्पनीले ७७ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कुल बीमाशुल्क

२०८१ असार मसान्तसम्ममा कम्पनीले १ अर्ब ६५ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। २०८० असार मसान्तसम्ममा कम्पनीले २ अर्ब ३५ करोड ९५ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ३०.०५ प्रतिशतले घटेको छ।

खुद बीमाशुल्क आर्जन

समीक्षा वर्षमा कम्पनीले ३१ करोड १० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन १३.२८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कम्पनीले ३५ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

प्रतिसेयर आम्दानी

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ३२.२९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष वार्षिक ईपीएस २८९.७३ रुपैयाँ थियो।

प्रतिसेयर नेटवर्थ

 कम्पनीको प्रतिसेयर नेटवर्थ १६३२.१० रुपैयाँ रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको