Like us!
Follow us!
Connect us!
Watch us!

दुर्गापुरमा प्रभु बैंकको शाखा सञ्चालन

अर्थ संसार

शुक्रबार, १८ साउन २०८१, १४ : १८ मा प्रकाशित

दुर्गापुरमा प्रभु बैंकको शाखा सञ्चालन

झापाको कनकाई नगरपालिका–७ मा प्रभु बैंकको दुर्गापुर शाखा सञ्चालनमा आएको छ । दुर्गापुरमा झापाको पाँचौं र देशभरको ३१४ औं शाखाको सञ्चालनमा आएको हो ।

बैंकका सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले शाखाको बिहीबार उद्घाटन गरीएको हो ।  कार्यक्रममा विशेष अतिथि कनकाई नगरपालिका नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई–७ का वडा अध्यक्ष भीष्मभूषण सिटौला, कनकाई–८ का वडा अध्यक्ष लीलाबहादुर कटवाल, कोटीहवन धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापा, नवयुग शिक्षा निकेतनका राजन कार्की, पूर्वशिक्षक अनिरुद्र ओली, महिला उद्यमी सरला पोखरेल, भृकुटी माविका पूर्वअध्यक्ष बालकृष्ण सिटौलाले सफलताको शुभकामना व्यक्त गरेका थिए ।

बैंकका कोशी प्रदेश व्यापार अधिकृत बद्रीकुमार कटवालको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका शाखा प्रमुख शिशिर घिमिरेले स्वागत र बैंकका कोशी प्रदेश प्रमुख दिपक पौडेलले सञ्चालन गरेका थिए । झापामा काँकरभिट्टा, दमक, भद्रपुर, बिर्तामोडपछि पाँचौँ शाखाको रूपमा दुर्गापुर शाखा सञ्चालनमा आएको शाखा प्रमुख घिमेरेले बताए ।

आज उद्घाटनकै दिन २७० भन्दा बढी खाता खोल्न लागिएको उनले जानकारी दिए ।  कम्पनीले नेपालभर ३१४ शाखा कार्यालयहरु, २८६ वटा एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत् करिब ३५ लाखभन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको