Like us!
Follow us!
Connect us!
Watch us!

हमास नेता इस्माइलको हत्या दुई महिना अघि गेस्ट हाउसमा राखिएको बमबाट भएको दाबि

अर्थ संसार

शुक्रबार, १८ साउन २०८१, २० : ५९ मा प्रकाशित

हमास नेता इस्माइलको हत्या दुई महिना अघि गेस्ट हाउसमा राखिएको बमबाट भएको दाबि

 इरानमा हत्या गरिएका हमासका शिर्ष नेता इस्माइल हानियाको हत्या योजना दुई महिना अघि नै भएको मिडिया रिपोर्ट सार्बजनिक भएको छ ।

बुधबार इरानको तेहरानस्थित एक गेस्ट हाउसमा मारिएका इस्माइल बस्ने गेस्ट हाउसमा दुई महिना अघि नै बम राखिएको अमेरिकी मिडिया सीएनएनले आफ्नो स्रोतलाई उदृत गर्दै उल्लेख गरेको छ ।

इरान र हमास दुवैले इस्माइलको हत्यामा इजरायलको योजना रहेको जिकिर गरेपनि इजरायलले यस विषयमा न त अस्वीकार नै गरेको न त खण्डन नै गरेको छ ।

हमासले एक विज्ञप्ति जारी गर्दै तेहरानस्थित हानियाको तेहरानस्थित आवासमा एक आक्रमणमा मृत्यु भएको बताएको छ ।

हमासका राजनीतिक चेहेरा रहेका इस्माइलको हत्यापछि इजरायल र हमासको जारी युद्ध अर्को चरणमा पुग्ने अनुमान गरिएको छ । इरानले इजरायलमाथि आक्रमण गर्ने चेतावनी दिएपछि इजरायल सतर्क अवस्थामा रहेको छ भने अमेरिकाले इरानले इजरायलमा आक्रमण गरेमा इजरायललाई पूर्ण साथ दिने घोषणा गरिसकेको छ ।

यसअघि इस्माइलको हत्या रकेट प्रहारबाट भएको भनिएपनि मिडिया रिपोर्टमा दुई महिना अघि नै गेस्ट हाउसमा राखिएको बम विष्फोटबाट भएको दाबि गरिएको छ ।

इस्माइल हानिया हमासको राजनीतिक ब्यूरोका प्रमुख थिए भने उनी प्यालेस्टिनी प्राधिकरणको दशौं सरकारका प्रधानमन्त्री थिए । हाल धेरै जसो कतारमा रहेर उनले अन्तर्राष्ट्रिय समुदायसँग वार्ता र छलफलमा सहभागिता देखिदै आएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको