Like us!
Follow us!
Connect us!
Watch us!

१०.२३ प्रतिशतले नबिल बैंकको नाफा वृद्धि हुँदा प्रति सेयर आम्दानीमा कस्तो असर?

अर्थ संसार

सोमबार, २१ साउन २०८१, ०८ : ०५ मा प्रकाशित

१०.२३ प्रतिशतले नबिल बैंकको नाफा वृद्धि हुँदा प्रति सेयर आम्दानीमा कस्तो असर?

नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

खुद नाफा 
नबिल बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ।अघिल्लो आर्थिक वर्षको सोही अवधि सम्मको तुलनामा नाफा १०.२३ प्रतिशत बढेको हो।  अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी
बैंकले असार मसान्त सम्म १६ अर्ब २० करोड रुपैयाँमा खुद ब्याज आम्दानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १७ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो । गत वर्षको रिपोर्टको तुलनामा बैंकको खुद ब्याज आम्दानी ८.६९ प्रतिशतले घटेको हो।  तेस्तै बैंकको खुद फि तथा कमिशन आम्दानी १२.०४ प्रतिशत बढेको छ भने बैंकको कुल सञ्चालन आम्दानी ६.०२ प्रतिशत घटेको छ।  तेस्तै, सञ्चालन मुनाफा ६.५१ प्रतिशत बढेको छ। 

खराब कर्जा
१.०७ प्रतिशत (१.१८ प्रतिशतबाट घटाउन सफल )

इम्पेरमेन्ट चार्ज
३ अर्ब २२ करोड

प्रति सेयर आम्दानी
२६ रुपैयाँ ९ पैसा ( २ रुपैयाँ ४२ पैसा बढयो) 

प्रति सेयर नेटवर्थ
२२० रुपैयाँ १६ पैसा

मूल्य आम्दानी अनुपात
२०.०८ गुणा

वितरणयोग्य मुनाफा
३ अर्ब ८५ करोड रुपैयाँ

चुक्ता पूँजी
२७ अर्ब ५ करोड रुपैयाँ

जगेडा कोष
३२ अर्ब ५१ करोड रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको