Like us!
Follow us!
Connect us!
Watch us!

एचआईडीसीएलपी संकेतमा कारोबार हुने १.६८ करोड कित्ता बोलकबोल मार्फत बिक्रीमा

अर्थ संसार

मंगलबार, २२ साउन २०८१, ०८ : ५० मा प्रकाशित

एचआईडीसीएलपी संकेतमा कारोबार हुने  १.६८ करोड कित्ता बोलकबोल मार्फत बिक्रीमा

बजार बढेपछि हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले आफ्नो  संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ। 

कम्पनीले १ करोड ६८ लाख बढी कित्ता सेयर साउन २९ गतेबाट बिक्रीमा ल्याएको हो। यस सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री हुनेछ। यस सेयरमा इच्छुक सर्वसाधारण व्यक्ति, संस्था वा कम्पनीले खरिद आवेदन दिन सक्नेछन्। 

सेयरको बोलकबोल मार्फत आवेदन दिंदा न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्ने हुन्छ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र बढीमा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। आवेदन भदौ ६ गतेसम्म दिन सकिनेछ।

बोलपत्र काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलको कार्यालयका साथै ग्लोबल आइएमई बैंकका शाखाहरु शंखमूल नयाँबानेश्वर, बिर्तामोड, विराटनगर, जनकपुरधाम, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ बजार, नेपालगन्ज, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगरमा बुझाउन सकिनेछ।

कम्पनीको संस्थापक सेयरधनी समूह ‘क’ उपसमूह क–२ को अन्य संस्थापक अन्तर्गतको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता अवितरित हकप्रद सेयर लिलामी सेयर बाँडफाँड भई नेप्सेमा सूचीकरण भई  ‘एचआईडीसीएलपी’ संकेतमा कारोबार गर्न मिल्ने कम्पनीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको