Like us!
Follow us!
Connect us!
Watch us!

एचआईडीसीएलपी संकेतमा कारोबार हुने १. ६८ करोड कित्तालाई आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, ०६ भदौ २०८१, ०७ : ३२ मा प्रकाशित

एचआईडीसीएलपी संकेतमा कारोबार हुने १. ६८ करोड कित्तालाई आवेदन दिने आज अन्तिम दिन

हाइड्रोईलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को बिक्रीमा राखिएको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज भदौ ६ अन्तिम दिन रहेको छ । 

कम्पनीले संस्थापक समूहमा पर्ने अवितरित १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर बिक्रीमा राखेको छ । उक्त सेयरमा इच्छुक जोकोही व्यक्ति, संस्था वा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्दा घटीमा १०० कित्ता र बढीमा सबै कित्ता सेयरका लागि आवेदन दिन सकिने कम्पनीले बताएको छ । सेयर बिक्रीपछि नेप्सेमा ‘एचआईडीसीएलपी’ संकेतमा कारोबार गर्न मिल्ने छ ।

बोलपत्र फाराम साउन २९ गतेदेखि सुरु भएर आज भदौ ६ गते कार्यालय समयभित्र पेस गरिसक्नुपर्ने कम्पनीले जनाएको छ । 


सेयर खरिदका लागि बोलपत्र काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलको कार्यालयका साथै ग्लोबल आइएमई बैंकका शाखाहरू शंखमूल नयाँबानेश्वर, बिर्तामोड, विराटनगर, जनकपुरधाम, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ बजार, नेपालगन्ज, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगरमा बुझाउन सकिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको