लघु जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्ष २०८०/८१ मा १६ करोड ९७ लाख ८३ हजार रुपियाँ बीमाशुल्क संकलन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले मंगलबार सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।
गत आवदेखि भने लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स पनि सञ्चालनमा छ ।
उक्त तीन कम्पनीले गत आवमा करिब १७ करोड रुपियाँ हारहारीमा बीमाशुल्क संकलन गरेका हुन् । गत आवमा क्रेष्ट माइक्रो इन्स्योरेन्सले सबै भन्दा धेरै बीमाशुल्क संकलन गरेको छ । उक्त कम्पनीले नौ करोड ७६ लाख ४५ हजार रुपियाँ बीमाशुल्क संकलन गरेको छ । दोस्रो स्थानमा गार्डियन माइक्रो लाइफ रहेको छ । उक्त कम्पनी चार करोड २२ लाख ३६ हजार रुपियाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै, लिबट्री माइक्रो इन्स्योरेन्सले दुई करोड ९९ लाख दुई हजार रुपियाँ बीमाशुल्क संकलन गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस