Like us!
Follow us!
Connect us!
Watch us!

चार महिनामा लघु जीवन बीमा कम्पनीले गरे साढे ३० करोडको व्यापार,कसको कति ?

अर्थ संसार

मंगलबार, १८ मंसिर २०८१, १४ : २६ मा प्रकाशित

चार महिनामा लघु जीवन बीमा कम्पनीले गरे साढे ३० करोडको व्यापार,कसको कति ?

हाल सञ्चालनमा रहेका ३ वटा लघु जीवन बीमकले चालु आर्थिक वर्षको कात्तिकसम्म साढे ३० करोड रुपैयाँको व्यापार भित्र्याएका छन्। 

नेपाल बीमा प्राधिकरणले  सार्वजनिक गरेको तथ्यांकअनुसार लघु जीवन बीमकले चालु आर्थिक वर्षको ४ महिनामा ४ लाख ५५ हजार ४९० वटा बीमालेख जारी गरेर ३० करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

समीक्षा अवधिसम्म सबैभन्दा धेरै व्यापार भित्र्याउने लघु जीवन बीमकमा गार्डियन माइक्रो लाइफ रहेको छ। यो कम्पनीले ३ लाख १३ हजार १४५ वटा बीमालेख जारी गर्दै ११ करोड ९० लाख ६८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रोमा क्रेष्ट माइक्रो लाइफ रहेको छ। यो कम्पनीले ९५ हजार १४ वटा बीमालेख जारी गरेर ११ करोड १४ लाख ९८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

लिबर्टी माइक्रो लाइफले कात्तिकसम्म ४७ हजार ३३१ वटा बीमालेख जारी गरेर ७ करोड ५२ लाख २६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको