Like us!
Follow us!
Connect us!
Watch us!

सरकार प्रतिशोधका लागि होइन,अर्थतन्त्रमा सुधार र विकासमा गति ल्याउन बनेको हो:प्रधानमन्त्री ओली

अर्थ संसार

मंगलबार, २२ साउन २०८१, १६ : १३ मा प्रकाशित

सरकार प्रतिशोधका लागि होइन,अर्थतन्त्रमा सुधार र विकासमा गति ल्याउन बनेको हो:प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार अर्थतन्त्र र विकासमा सुधार ल्याउनका लागि आएको बताएका छन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा मंगलबार भएको छलफलमा प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपाली बनाउनुपर्ने दायित्व सबैको भएको बताए ।

सरकारले पूर्वाग्रह राखेर दुःख दिने काम गर्दैन भन्दै उनले भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

उनले भने, ‘अहिलेको सरकार प्रतिशोधका लागि होइन । अर्थतन्त्रमा सुधार र विकासमा गति ल्याउनका लागि हो । यसले कसैप्रति आग्रह पूर्वाग्रह राख्ने, अनावश्यक अनुचित झुटा कुरा उचाल्ने वा कसैलाई दुःख दिने काम गर्दैन’,।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको