Like us!
Follow us!
Connect us!
Watch us!

डेडिकेटेड ट्रंकलाइन विवाद : अनावश्यक कागजात फिर्ता गर्दै लेखा समिति

अर्थ संसार

शुक्रबार, २५ साउन २०८१, १५ : १३ मा प्रकाशित

डेडिकेटेड ट्रंकलाइन विवाद : अनावश्यक कागजात फिर्ता गर्दै लेखा समिति

नेपाल विद्युत् प्राधिकरणले पठाएको अनावश्यक कागजजात लेखा समितिले फिर्ता गर्ने भएको छ । प्राधिकरणले टाइम अफ डे (टीओडी) डाटा, मनोज मिश्र समितिको प्रतिवेदन र सञ्चालक समितिको निर्णय कार्यान्वयनको अवस्थाको प्रतिवेदन मात्रै मागेकोमा प्राधिकरणले अनावश्यक कागजात पठाएको भन्दै समितिले फिर्ता गर्न लागेको हो । 

प्राधिकरणले पठाएको प्रतिवेदन समितिमा अध्ययन गर्न लगाएको र अनावश्यक कागजात फिर्ता गर्ने सार्वजनिक लेखा समितिले बताएको छ ।  

हिजो प्राधिकरणले कार्यालय समयको अन्तिममा पठाएका कारण चेकजाँच गर्न नपाएको र आज चेकजाँच गर्दा अनावश्यक कागजात भेटिएपछि फिर्ता गर्न लागिएको समितिले जनाएको छ।

गत शुक्रबार बसेको लेखा समिति बैठकले प्राधिकरणसँग टिओडी मिटरको विवरण माग्ने निर्णय गरेको थियो। त्यसपछि सोमबार समितिले पत्राचार गरेर प्राधिकरणलाई तीन दिनभित्र विवरण पठाउन आग्रह गरेको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार ३० पोका कागजसहितको एक ट्रक कागज सार्वजनिक लेखा समितिमा पठाएका थिए ।

त्यसमध्ये सबैभन्दा धेरै २३ पोका लग सिट, चार पोका टीओडी मिटरको डेटा, एक पोका विभिन्न अदालतबाट भएका आदेश, एक पोका एम पावरको लेजर, एक पोका भक्तबहादुर पुन तथा मनोज मिश्रका समितिको प्रतिवेदन तथा एक पोका २०७२ देखि २०७५ सम्मको बक्यौता महसुल सम्बन्धी बिल तथा बिजकहरू रहेको प्राधिकरणले जनाएको छ । तर मागिएका कागज भने सबै नआएकाे समितिले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको