Like us!
Follow us!
Connect us!
Watch us!

उद्योगहरुमा तत्काल लाइन नकाट्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

अर्थ संसार

बुधबार, १२ मंसिर २०८१, १३ : ३७ मा प्रकाशित

उद्योगहरुमा तत्काल लाइन नकाट्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले उद्योगहरुमा विद्युत लाइन नकाट्ने निर्णय गरेको छ । 

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले लाइन नकाट्ने निर्णय गरेको हो । मंगलबार विद्युत नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएपछि समितिको बैठक बसेको हो ।

यसअघि सरकारले प्राधिकरणलाई १५ दिनको समय दिएर बक्यौता उठाउन र तत्काल लाइन जोड्न निर्देशन दिएको थियो । प्राधिकरणले त्यसपछि १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरुको लाइन काट्ने जनाएको थियो । उक्त समयावधि आज सकिने भएपछि समितिको बैठक बसेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफूले दिएको समयावधि सकिएसँगै लाइन काट्ने तयारीमा थिए । तर, विद्युत नियमन आयोगले मंगलबारै लाइन नकाट्न प्राधिकरणलाई निर्देशन दिएको थियो । बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले नियमन आयोगको निर्देशन मान्नुपर्ने भन्दै लाइन नकाट्ने निर्णय गरेको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको