Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंक र इक्यान झापाबीच सम्झौता

अर्थ संसार

शुक्रबार, २५ साउन २०८१, १६ : २६ मा प्रकाशित

माछापुच्छ्रे बैंक र इक्यान झापाबीच सम्झौता

माछापुच्छ्रे बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाबीच विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता सम्पन्न भएको छ । 

इक्यानमा आबद्ध व्यवसायी र इक्यानमा आवद्ध शैक्षिक परामर्श केन्द्र(कन्सल्टेन्सी)बाट अध्ययनका लागि विभिन्न देश जाने विद्यार्थीलाई सहुलियतपूर्ण कर्जा र एजुकेशन लोन उपलब्ध गराउने लगायतका विषयमा दुई पक्षबीच सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा इ–क्यान झापाको तर्फबाट अध्यक्ष रोशन सुबेदी तथा माछापुच्छ्रे बैंक लि.को तर्फबाट सहायक महाप्रबन्धक भरत कुमार लम्सालले हस्ताक्षर गरे । 

सम्झौता पश्चात क्यान,झापामा आवद्ध परामर्शदाताहरुको सिफारिसमा आउने सेवाग्राहीले सहज र सरल ढंगले शैक्षिक कर्जा प्राप्त गर्ने, Swift payment मार्फत विभिन्न शुल्क भुक्तानी गर्ने लगायतका पूर्ण सेवा बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा कार्यालय, १२ वटा एक्सटेन्सन काउन्टर, १६७ स्थानमा शाखारहित बैंकिङ्ग सेवा तथा २०० स्थानमा रहेका एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको