Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २५ करोड रुपैयाँ, यस्ता छन् अन्य सूचक

अर्थ संसार

सोमबार, २१ साउन २०८१, ११ : ०४ मा प्रकाशित

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २५ करोड रुपैयाँ, यस्ता छन् अन्य सूचक

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा २३ प्रतिशत घटेको छ ।

खुद नाफा

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकले २३.०९ प्रतिशत कम नाफा गरेको हो ।

खुद ब्याज आम्दानी

गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ६.७६ प्रतिशत घटेर ५ अर्ब ९० लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ३७ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चुक्ता पुँजी / जगेडा कोष

गत वर्ष बैंकको चुक्ता पुँजी १३.३० प्रतिशत बढेर ११ अर्ब ६१ करोड रुपैयाँ र जगेडा कोष ३.७६ प्रतिशत घटेर ५ अर्ब ६७ करोड रुपैयाँ छ ।

निक्षेप संकलन/कर्जा

गत वर्ष बैंकले निक्षेप संकलन २.४४ प्रतिशत बढाएर १ खर्ब ५७ अर्ब ९४ करोड रुपैयाँ र कर्जा ०.७७ प्रतिशत बढाएर १ खर्ब २७ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।

वितरणयोग्य नाफा

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ४६ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी

समीक्षा अवधिमा बैंकको  नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ५.०९ रुपैयाँ घटेर १०.७६ रुपैयाँ कायम छ ।

प्रतिसेयर नेटवर्थ

गत वर्ष बैंकको प्रतिसेयर नेटवर्थ १४८.८० रुपैयाँ र मूल्य आम्दानी अनुपात १८.५९ गुणा रहेको छ ।

खराब कर्जा

गत असारसम्म बैंकको  खराब कर्जा रहेकोमा गत वर्ष बढेर १.५६ प्रतिशत पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको