Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकमा डीसीईओमा अर्याल र नायब महाप्रबन्धकमा जमरकटेलको बढुवा

अर्थ संसार

शनिबार, २९ असार २०८१, १६ : ०७ मा प्रकाशित

माछापुच्छ्रे बैंकमा डीसीईओमा अर्याल र नायब महाप्रबन्धकमा जमरकटेलको बढुवा

माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा प्रसिद्धराज अर्याल र नायब महाप्रबन्धकमा सुभाष जमरकटेललाई ​बढुवा गरिएको छ ।

असार २७ गते बसेको सञ्चालक समितिको बैंठकले आगामी साउन १ गतेबाट लागू हुने गरी उनीहरू दुवै जनालाई बढुवा गर्ने निर्णय गरेको हो ।

काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासन सङ्कायमा स्नातकोतर गरेका अर्यालसँग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ्ग, शाखा सञ्चालन र लघुवित्तजस्ता विभिन्न बैंकिङ्ग क्षेत्रमा १६ वर्षभन्दा बढीको अनुभव छ ।

अर्यालले यसअघि सिभिल बैंक, सन्‌राइज बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकमा विभिन्न पदमा रहेर काम गरेका थिए ।

यसैगरी, सन् २०१० देखि आफ्नो बैंकिङ करियर सुरू गरेका सुभाष जमरकटेल सन् २०११ देखि माछापुच्छ्रे बैंकमा आवद्ध रहेका छन्।

जमरकटेल लेखा र बैंकिङ क्षेत्रमा विशेषज्ञता भएको उच्च दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्टको रुपमा चिनिन्छन्। 

उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी र त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा कानुनमा स्नातक तहको डिग्री प्राप्त गरेका छन्।  यस बाहेक उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी), थाइल्याण्डबाट बैंकिङ र फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्री समेत हासिल गरेका छन्। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको