माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ।
बैंकले संस्थापक सेयरधनी आजाद श्रेष्ठको नाममा रहेको ३ लाख २५८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।
यो सेयरमा अहिलेका लागी बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद निवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापक सेयरधनीहरुलाई ३५ दिनभित्र काठमाडौंको बाघरदरबारस्थित जेडीए कम्प्लेक्समा रहेको माछापुच्छ्रे क्यापिटलको कार्यालयमा खरिद निवेदन सक्नेछन्।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस