Like us!
Follow us!
Connect us!
Watch us!

निर्धारित मिति भन्दा एकदिन अगावै रिलिज हुदैँ स्त्री २

अर्थ संसार

सोमबार, २८ साउन २०८१, ०६ : ५० मा प्रकाशित

निर्धारित मिति भन्दा एकदिन अगावै रिलिज हुदैँ स्त्री २

श्रद्धा कपूर र राजकुमार रावको हिट फिल्म ‘स्त्री’ को सिक्वेल ‘स्त्री २’ अब अगस्ट १४ मा सिनेमा घरमा रिलिज हुँदैछ । 

यसअघि यो फिल्म १५ अगस्टमा रिलिज हुने तय भएपनि अब एक दिन अगाडि नै रिलिज हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

म्याडक फिल्म्सले सामाजिक सञ्जालमा पोस्ट गर्दै नयाँ रिलिज मितिबारे जानकारी दिएको छ । पोस्टको क्याप्सनमा लेखिएको थियो,  ‘स्त्री अब आफ्नो समय भन्दा अगाडि आउँदैछिन् ।  ‘स्त्री २’ अब अगस्ट १४ मा हलमा रिलिज हुँदैछ । अहिले अग्रिम बुकिङ सुरु भएको छ । उनी स्त्री हुन्, जे पनि गर्न सक्छन् । त्यसकारण उनी एक रात चाँडै आउँदैछिन्, केवल तपाईंको लागि। त्यसैले आफ्नो टिकट बुक गर्नुहोस्।’

‘स्त्री २’ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बनर्जी र अपारशक्ति खुराना महत्वपूर्ण भूमिकामा देखिनेछन् । फिल्ममा वरुण धवन  ‘भेडिया’ को भूमिकामा छन् । फिल्ममा तमन्ना भाटिया पनि सानो भूमिकामा देखिनेछिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको