Like us!
Follow us!
Connect us!
Watch us!

बंगलादेशका बैंकवाट २ लाख भन्दा बढी निकाल्न नपाइने, शंकास्पद र ठुला लेनदेन शंकाका घेरामा

अर्थ संसार

सोमबार, २८ साउन २०८१, ०७ : ५१ मा प्रकाशित

बंगलादेशका बैंकवाट २ लाख भन्दा बढी निकाल्न नपाइने, शंकास्पद र ठुला लेनदेन शंकाका घेरामा

बंगलादेशको केन्द्रिय बैंकले यस हप्ता प्रति ग्राहक अधिकतम २ लाख रुपैयाँ नगद मात्रै निकाल्न निर्देशन दिएको छ । 

२ लाख रुपैयाँको सीमितता तोकेर वाणिज्य बैंकहरूलाई रकम निकासा गर्न निर्देशन दिएको हो।

यो निर्णय बैंकका प्रबन्ध निर्देशकहरुलाई आपतकालीन सन्देश मार्फत जानकारी गराइएको हो । सो निर्देशनमा सुरक्षा चिन्ताहरू उल्लेख गरिएको छ । जसले शाखाहरूमा रकम स्थानान्तरण गर्न कठिनाइ सिर्जना भइरहे पछि यो निर्देशन जारी गरिएको हो भने रकम निकासीमा प्रतिबन्ध आवश्यक रहेको जनाएको छ ।

बैंकहरूलाई चेक लेनदेनको अनुगमन बढाउन र कुनै पनि शंकास्पद गतिविधिहरू रोक्न पनि निर्देशन दिइएको छ ।

ठूला मात्रामा नगद निकासीबाट हुन सक्ने बैंकिङ क्षेत्रको सम्भावित अस्थिरतालाई रोक्नका लागि निकासी सीमित गर्ने निर्णय गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको