Like us!
Follow us!
Connect us!
Watch us!

अष्ट्रेलियाको हिल्टन होटलमा ठोक्कियो हेलिकोप्टर

अर्थ संसार

सोमबार, २८ साउन २०८१, ०९ : ०० मा प्रकाशित

अष्ट्रेलियाको हिल्टन होटलमा ठोक्कियो हेलिकोप्टर

 क्वीन्सल्याण्डको उत्तरी सहर केर्न्समा रहेको एक होटलको छतमा हेलिकप्टर ठोक्किँदा एक पाइलटको मृत्यु भएको छ ।

आइतबार स्थानीय समय अनुसार लगभग १ः५० बजे हिल्टन होटलको डबलट्रीमा विमानले ठक्कर दिएको थियो, लगत्तै आगलागी भएको छ । र, सो हेलिकोप्टर ठोक्किए पछि सम्भावित खतराका कारण सयौं पाहुनाहरूलाई बाहिर निकालिएको थियो ।

अधिकारीहरूले भनेका छन् कि हेलिकप्टरमा सवार एक मात्र व्यक्तिको घटनास्थलमा मृत्यु भएको छ ।  होटलका दुई अतिथिहरू ८० वर्षको एक पुरुष र ७० वर्षको एक महिलालाई स्थिर अवस्थामा अस्पताल लगिएको थियो।

क्वीन्सल्याण्ड पुलिस र एभिएसन सेफ्टी वाचडगले दुर्घटनाको परिस्थितिको अनुसन्धान गरिरहेको छ, हेलिकप्टर चार्टर गर्ने कम्पनीले यो अनधिकृत उडानमा रहेको बताएको छ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको