Like us!
Follow us!
Connect us!
Watch us!

बङ्गलादेशमा तेह्र वर्षयताकै उच्च मुल्यवृद्धि

अर्थ संसार

मंगलबार, २९ साउन २०८१, १४ : ४७ मा प्रकाशित

बङ्गलादेशमा तेह्र वर्षयताकै उच्च मुल्यवृद्धि

बङ्गलादेशको मुद्रास्फीति दर जुलाईमा ११.६६ प्रतिशत पुगेको छ । यो बङ्गलादेशमा १३ वर्ष यताकै सबैभन्दा बढी वृद्धि दर रहेको बङ्लादेशको तथ्याङ्क विभाग (बीबीएस) ले सोमबार जनाएको छ।

मुख्यतया खाद्यान्नको मूल्य वृद्धिका कारण मुल्यवृद्धिदर अस्वभाविक रुपमा बढेको विभागको तथ्याङ्कले  जनाएको छ। गत जुन महिनामा मुल्यवृद्धि दर ९.७२ प्रतिशत रहेको बीबीएसको तथ्याङ्कले देखाएको छ।

बीबीएसका अनुसार खाद्य मुल्यवृद्धि जुलाईमा १४.१० प्रतिशतले बढेको छ, जुन एक दशकको अवधिमा सबैभन्दा बढी हो । यसै गरी जुन महिनामा पनि खाद्य मुल्यवृद्धि दर १०.४२ प्रतिशत थियो ।

गैर–खाद्य पदार्थको मुल्यवृद्धिदर पनि जुनमा ९.१५ प्रतिशतबाट बढेर जुलाईमा ९.६८  प्रतिशत पुगेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०२३–२४ मा देशको औसत मुल्यवृद्धिदर बढेर ९.७३ प्रतिशत पुगेको छ जुन आर्थिक वर्षका लागि तय भएको बजेटको लक्ष्य भन्दा धेरै हो ।

तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०२२–२३ मा बङ्गलादेशको मुल्यवृद्धिदर ९.०२ प्रतिशत रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको