Like us!
Follow us!
Connect us!
Watch us!

निओ मनि ट्रान्सफरको सेवा कुवेतबाट पनि सुरु, कुवेतको अल–‍एक्तसाद एक्सचेन्जसँग सहकार्य

अर्थ संसार

मंगलबार, २९ साउन २०८१, १६ : ५४ मा प्रकाशित

निओ मनि ट्रान्सफरको सेवा कुवेतबाट पनि सुरु, कुवेतको अल–‍एक्तसाद एक्सचेन्जसँग सहकार्य

निओ मनि ट्रान्सफर र कुवेतको अल–एक्तसाद युनाइटेड एक्सचेन्जबीच सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि कुवेतमा बसिरहेका नेपालीहरूले सुरक्षित र सहजरूपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ ।

निओ मनि ट्रान्सफर पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित मनि ट्रान्सफर कम्पनी हो ।

वैदेशिक रोजगारीको खोजीमा रहेका नेपालीहरूको रोजाइको गन्तव्यमा अहिले कुवेत निकै आकर्षक गन्तव्य बनिरहेको छ । हाल कुवेतमा हजारौँ नेपालीहरू आफ्ना परिवारका लागि काम गर्ने क्रममा बसोबास गरिरहेका छन् ।

कुवेतमा रहेका नेपालीहरूले अब अल–एक्तसाद युनाइटेड एक्सचेन्जको १२ वटा शाखाबाट छिटो र प्रभावकारीरूपमा नेपालमा पैसा पठाउन सक्नेछन् । बैंक तथा वालेट भुक्तानी कारोबारहरू निओ मनि ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहीको खातामा भुक्तानी हुने कम्पनीले जनाएको छ ।

साथै, नगदमा पठाइएको कारोबार पनि निओ मनि ट्रान्सफरका नेपालभरि रहेका १५,००० भन्दा धेरै शाखाहरूबाट सजिलै प्राप्त गर्न सकिनेछ ।

नयाँ सहकार्यबारे निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने, ‘हामी अब अल–एक्तसाद युनाइटेड एक्सचेन्ज सँग नयाँ साझेदारीको घोषणा गर्न पाउँदा निकै उत्साहित छौँ, मलाई आशा छ सबैभन्दा कम शुल्क र प्रतिस्पर्धी दरहरूमा कष्ट अफ मुभिङ फण्ड घटाउने हाम्रो दृष्टिकोणलाई यस सहकार्यले समर्थन गर्दै आफ्ना प्रियजनहरूलाई सहयोग गर्न विदेशिएका नेपाली प्रवासीहरूको भावनालाई कदर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको