Like us!
Follow us!
Connect us!
Watch us!

एक वर्ष भित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्छौंः प्रधानमन्त्री

अर्थ संसार

मंगलबार, २९ साउन २०८१, १७ : २१ मा प्रकाशित

एक वर्ष भित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्छौंः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष भित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्ने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन।

प्रधानमन्त्री ओलीलेबालबालिका सडकमा हुनु नहुने बताए । उनले बालबालिकाहरु अभिभावकबिहीन भएर सडकमा अलपत्र पर्ने अवस्थाको अन्त्य गर्ने बताए ।

प्रधानमन्त्री ओलीले बालबालिकालाई सडकमा अलपत्र भएको हेर्न नसक्ने र उनले उनीहरुको रेखदेख, सन्तुलित आहार दिने, स्याहारसम्भार गर्ने, उन्नतिप्रगतिका लागि उचित शिक्षा, स्वास्थ्यको प्रवन्ध  गर्नुकासाथै अन्य अवसर पनि उपलब्ध गराउने कर्तव्य राज्यको भएको बताए ।

प्रधानमन्त्री ओलीले युवाहरुलाई उद्यमशिलतामा विकास गर्नुपर्ने जरुरी रहेको र सरकारले गहन रुपमा सोचिरहेको बताए।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको