Like us!
Follow us!
Connect us!
Watch us!

बेचन झाविरुद्ध अदालतमा मुद्दा दर्ता,आजदेखि बयान

अर्थ संसार

बुधबार, ३० साउन २०८१, १२ : ३६ मा प्रकाशित

बेचन झाविरुद्ध अदालतमा मुद्दा दर्ता,आजदेखि बयान

भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झाविरुद्ध पूरक अभियोग जिल्ला अदालत काठमाडौंमा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले झाविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो । दोस्रो चरणको अनुसन्धान घेरामा परेका अन्य प्रतिवादीहरु भने पक्राउ परेका छैनन् ।

सरकारी वकिलले बेचनलाई ठगी, लिखत किर्ते, राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । बेचनलाई आज बयान गराइँदै छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा उनको बयान गराइँदैछ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगेको आरोपमा सरकारी वकिलले झाबाट २८ करोड ८१ लाख ७४ हजार रकम असुल गर्नुपर्ने मागदाबी गरेको छ । मुलुकी अपराध संहिता–२०७४ को दफा २५४ बमोजिम प्रतिवादीबाट पीडितहरूलाई रकम भराउन मागदाबी लिइएको हो । 

झालाई एकीकृत कसुरमा पनि थप सजाय हुनुपर्ने मागदाबी छ ।

 

 


 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको