उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कृष्ण बेकरी एन्ड कन्फेक्सनरीलाई २ लाख जरिवाना तिराएको छ ।
बजार अनुगमन क्रममा रिलेबलिङ गरेको वा गुणस्तर, परिमाण, मूल्य, नापतौलमा हेरफेर गरेको पाइएपछि जरिवाना तिराएको हो ।
विभागले हिजो ६ वटा उद्योग तथा फर्म गरेको अनुगमनमा सौरभ प्राली, स्मार्ट ट्रेड कन्सन र कृष्ण पाउरोटी भण्डार प्रालीलाई सामान्य निर्देशन दिएको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन/कारबाही गरिएको विभागले बताएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस