Like us!
Follow us!
Connect us!
Watch us!

बंगलादेशमा पुर्व उपसभामुख र पुर्व राज्य मन्त्री पक्राउ

अर्थ संसार

विहीबार, ३१ साउन २०८१, ०७ : ५७ मा प्रकाशित

बंगलादेशमा पुर्व उपसभामुख र पुर्व राज्य मन्त्री पक्राउ

बंगलादेशका पुर्व उपसभामुख र पुर्व राज्य मन्त्री पक्राउ परेका छन् । 

पूर्वउपसभामुख समसुल हक टुकु र पूर्व सूचना प्रविधि राज्यमन्त्री जुनैद अहमद पलकलाई प्रहरीले पक्राउ गरेको हो ।

पल्टन प्रहरी चौकीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको आरोपमा प्रहरीले  उनीहरूलाइ पक्राउ गरेको बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन ।

समाचार अनुसार निकुञ्ज निवासी इलाकाबाट पूर्वउपसभामुख समसुल हक टुकु र पूर्व सूचना प्रविधि राज्यमन्त्री जुनैद अहमद पलकलाई पक्राउ गरेको हो, जसको पुष्टी ढाकाको महानगरीय प्रहरीले बुधबार राति सो कुराको पुष्टि गरेको हो ।

उता, प्रहरीले ढाका विश्वविद्यालयको छातालिग इकाईका महासचिव तनवीर हसन शैकतलाई पनि पक्राउ गरेको छ ।

उनीहरु खिल्केट प्रहरी चौकी अन्तर्गत निकुञ्ज आवासीय क्षेत्रमा लुकेर बसेको अवस्थामा उनलाइ पक्राउ गरिएको डीएमपीले जनाएको छ । 

यसअघि मंगलबार पूर्वप्रधानमन्त्री शेख हसिनाका निजी उद्योग मामिलाका सल्लाहकार सलमान एफ रहमान र पूर्व कानूनमन्त्री अनिसुल हकलाई नदीको बाटो भएर भाग्न खोज्दा ढाकाको सदरघाट क्षेत्रबाट तटरक्षक दलका सदस्यहरूले मंगलबार पक्राउ गरिएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको