सरकारले विश्व बैंक समूहसँग १५ करोड अमेरिकी डलर सहुलियत ऋण लिने भएको छ। साउन ३१ मा बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो।
समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट उक्त ऋण लिइनेछ। सरकारले ऋण स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रुप दिन उक्त टोली गठन गरिन लागेको हो।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले क्त सहुलियतपूर्ण रकम स्वीकार गर्ने सम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्ताबेजलाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने बताएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस