Like us!
Follow us!
Connect us!
Watch us!

कर वृद्धिकोे विरोधमा व्यवसायीद्वारा हेटौंडामा व्यवसाय बन्द

अर्थ संसार

शुक्रबार, ३२ साउन २०८१, १६ : २९ मा प्रकाशित

कर वृद्धिकोे विरोधमा व्यवसायीद्वारा हेटौंडामा व्यवसाय बन्द

कर वृद्धिको विरोधमा व्यवसायीले आफ्नो व्यवसाय बन्द गरी हेटौँडा उपमहानगरपालिका कार्यालय अगाडि धर्ना बसेका छन् ।  मकवानपुर उद्योग वाणिज्य सङ्घको आह्वानमा व्यवसायीले आ–आफ्ना व्यवसाय बन्द गरेर उपमहागरपालिका कार्यालय अगाडि धर्ना बसेका हुन् । सो क्रममा व्यवसायीले सटरको साँचोसमेत उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँलाई बुझाएका छन् । 

हेटौँडा उपमहानगरपालिकाको नगरसभाले अर्थसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०८१ पारित गर्दै करको दरमा वृद्धि गरेको विरोधमा व्यवसायी आन्दोलित भएका छन् । 

विश्वव्यापी आर्थिक मन्दीका कारण व्यापार व्यवसाय सङ्कटमा परेका बेला हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा घरवहाल करदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म राजस्व वृद्धि गरेकोले आन्दोलनमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णगुप्ता अग्रवालले बताए । राजस्व वृद्धिको निर्णय नसच्याएसम्म आफूहरु आन्दोलन जारी राख्ने उहाँको भनाइ छ । यता हेटौँडा उपमहानगरपालिकाले करको दरमा गरिएको हेरफेरको निर्णयबाट पछि हट्न नसक्ने जनाएको छ । 

उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले उपमहानगरपालिकाको १५औँ नगरसभाले अर्थ सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०८१ पारित गरी जारी भइसकेको अवस्थामा व्यवसायीले उठाएको माग सम्बोधन गर्न नसकिने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको