Like us!
Follow us!
Connect us!
Watch us!

काभा महिला भलिबल खेल्ने नेपाली खेलाडीलाई जनही ३ लाख पुरस्कार प्रदान गर्ने सरकारको निर्णय

अर्थ संसार

शुक्रबार, ३२ साउन २०८१, १६ : ४६ मा प्रकाशित

काभा महिला भलिबल खेल्ने नेपाली खेलाडीलाई जनही ३ लाख पुरस्कार प्रदान गर्ने सरकारको निर्णय

सरकारले  ‘काभा वुमन्स नेशनल भलिबल लिग २०२४’ मा उपविजेता बनेका नेपाली खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंमा भएको उक्त प्रतियोगितामा नेपालका तर्फबाट खेल्ने १४ जना खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँका दरले पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम २८ बमोजिम काभा महिला राष्ट्रिय भलिबल लिगमा नेपालको तर्फबाट सहभागी खेलाडी १४ जनालाई जनही ३ लाख रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार नेपाली टोलीका मुख्य प्रशिक्षक १ जनालाई दुई लाख, व्यवस्थापक , प्रशिक्षक र फिजियो गरी तीन जनालाई जनही १ लाख २० हजार रुपैयाँका दरले पुरस्कार तथा सम्मान वितरण गर्ने निर्णय भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको