सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत रहेका दिपेशकुमार पुनसँग बयान लिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले रूपन्देहीको सुप्रिम सहकारीको बचत रकम हिनामिना प्रकरणमा मुछिएका पुनसँग बयान लिएको हो ।
माओवादी केन्द्र निकटको विद्यार्थी संगठनका महासचिव समेत रहेका दिपेश पुन बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको पूर्वसचिव हुन् ।पुन उक्त सहकारी ठगी प्रकरणमा जोडिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस