Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक सुधार आयोग गठन हुनु सकारात्मक : महासंघ

अर्थ संसार

आइतबार, ०२ भदौ २०८१, ०७ : ३९ मा प्रकाशित

आर्थिक सुधार आयोग गठन हुनु सकारात्मक : महासंघ

अर्थ मन्त्रालयले एकसय दिनको कार्यक्रममा उच्चस्तरिय आर्थिक सुधार आयोग गठन गर्ने विषय समावेश गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघले यसलाई सकारात्मक रूपमा लिएको जनाएको छ।

महासंघले सुधारका लागि समन्वय गर्न उच्चस्तरिय आयोगको माग राख्दै आइरहेको थियो । अर्थतन्त्रसम्बद्ध क्षेत्रबीच समन्वयको अभाव, निजी क्षेत्रको नीति निर्माण तहमा सीमित पहुँच र तत्कालीन एवं दीर्घकालीन रूपमा अर्थतन्त्र चलायमान बनाइ दीगो आर्थिक विकास हासिल गर्नुपर्ने अहिलेको आवश्यकता भएकोले महासंघले आयोगको प्रस्ताव सरकारसमक्ष राखेको थियो ।

यसलाई अर्थ मन्त्रालयले सय दिनको प्राथमिकतामा समावेश गरेकामा अर्थमन्त्री एवं सरकारलाई धन्यवाद दिँदै महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले मितव्ययीरूपमा आयोग सञ्चालनको ढाँचा पनि प्रस्ताव गरेको जानकारी दिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको