Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले कर्जाको दुरुपयोग हुन नदिने ग्यारेन्टी गर्नुपर्छ : अध्यक्ष ढकाल

अर्थ संसार

सोमबार, ०३ भदौ २०८१, १३ : ०५ मा प्रकाशित

सरकारले कर्जाको दुरुपयोग हुन नदिने ग्यारेन्टी गर्नुपर्छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले कर्जाको दुरुपयोग हुन नदिने ग्यारेन्टी गर्नुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिलाई सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

नेपालको बैंकिङ क्षेत्र सुरक्षित र दरिलो रहेको बताउँदै उनले सरकारले कर्जा दुरुपयोग रोक्नुपर्ने तथा लगानीकर्तालाई निषेध र नियन्त्रण गर्न नहुने बताए।  ढकालले धितोपत्र बोर्ड लगायतका संस्थाहरुमा आईक्यान र महासंघलाई सदस्यबाट हटाउने कानुन ल्याउनु जायज नभएको र करिब डेढ दर्जन निजी क्षेत्र सम्बद्ध कानुनहरू संघीय संसदमा छलफलमा रहेका कानुनहरू हुबहु पास भए अर्थतन्त्रमा नै समस्या पर्ने धारणा राखे।

उनले राष्ट्रिय सभाले पास गरेको अख्तियार अनुसन्धान आयोग सम्बन्धित विधेयकलाई लिन सकिने भन्दै अख्तियार निजी क्षेत्रमा प्रवेश गराउन नहुने सुनाए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको