Like us!
Follow us!
Connect us!
Watch us!

देशमा आर्थिक सुधारको आधार तयार हुँदैछ: अध्यक्ष ढकाल

अर्थ संसार

सोमबार, २४ भदौ २०८१, १७ : ४९ मा प्रकाशित

देशमा आर्थिक सुधारको आधार तयार हुँदैछ: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा आर्थिक सुधारको आधार तयार हुँदै गरेको बताएका छन्।

सोमबार महासंघको सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटमा अध्यक्ष ढकालले उक्त कुरा बताएका हुन्।  भेटमा ढकालले सरकारले नेपाल उद्योग वाणिज्य महासंघले दिएको सुझावहरूलाई लिएको र नयाँ पुस्ताका सुधारहरू अघि बढाएको जानकारी गराए । ढकालले सरकार, निजि छेत्र र अन्तर्राष्ट्रिय विकास साझेदारहरूले हाते मालो गरेरआर्थिक वृद्धिलाई प्रवर्द्धन गर्न सकिने बताए ।

दुई संस्थाले स्थानीय र अन्तर्राष्ट्रिय बजारमा व्यवसायको प्रतिस्पर्धात्मकता सुधार्न मिलेर काम गर्न सक्ने उल्लेख गरे। उनले महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले संयुक्त रूपमा प्रकाशित गरेको ‘नेपालमा निजी क्षेत्रको अवस्था’ शीर्षकको प्रतिवेदनको सहकार्यबारे पनि जानकारी गराए। ढकालले उक्त प्रतिवेदन व्यवसायिक समुदाय र नीतिनिर्माताका लागि महत्वपूर्ण साबित भएको जानकारी दिए।

ढकालले महासंघ अन्तर्राष्ट्रिय वित्त निगम नेपाल टोलीसँग मिलेर निजी क्षेत्रमा इन्भाएरोमेन्ट, सोसियल एन्ड गभर्नेन्स (ईएसजी) कार्यक्रम ल्याउन कार्यरत रहेको बताए। अन्तर्राष्ट्रिय वित्त निगमको विशेषज्ञता र मकहासंघको स्थानीय व्यवसाय समुदायसँगको सशक्त सम्बन्धले नेपालको आर्थिक परिदृश्यमा परिवर्तन ल्याउन महत्वपूर्ण प्रगति गर्न सकिने उनले विश्वास व्यक्त गरे।

यस्तै भेटक क्रममा फाखौरीले सार्वजनिक–निजी साझेदारीहरूमा थप जोड दिन आवश्यक रहेको बताए । फाखौरीले यसै समयमा नेपालले केही आर्थिक चुनौतीहरूको सामना गरिरहेको भए पनि देशका लागि धेरै अवसरहरू पनि रहेको बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको