Like us!
Follow us!
Connect us!
Watch us!

बाढीपहिरो प्रभावित जिल्लालाई एक/एक लाख रुपैयाँका दरले राहत दिने महासंघको निर्णय

अर्थ संसार

सोमबार, १४ असोज २०८१, १७ : ४२ मा प्रकाशित

बाढीपहिरो प्रभावित जिल्लालाई एक/एक लाख रुपैयाँका दरले राहत दिने महासंघको निर्णय

नेपाल उद्योग वाणिज्य महासंघले बाढी पिडितहरुको लागि राहत प्रदान गर्ने भएको छ ।

यही असोज १० गतेदेखिको अविरल बर्षाका कारण मुलुकका विभिन्न भागमा बाढी पहिरोको कारण भएको जनधनको क्षतिमा राहत होस भनेर महासंघले अति प्रभावित जिल्लालाई एक/एक लाख रुपैयाँका दरले राहत रकम प्रदान गर्ने महासंघले निर्णय गरेको हो ।

महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघहरु मार्फत उक्त रकम राहतका लागि उपयोग गरिनेछ । यसका साथै विपदको यस समय आ आफ्नो तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन महासंघ कार्यकारिणी समिति सदस्य लगायत सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएट एवं द्धिराष्ट्रिय संघहरु एवं सम्पूर्ण उद्यमी व्यवसायीहरुलाई पनि महासघले आग्रह गरेको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको