Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको बानेश्वर शाखाको सम्पूर्ण कारोबार अब आफ्नै भवनबाट

अर्थ संसार

बुधबार, ०५ भदौ २०८१, १६ : १४ मा प्रकाशित

एभरेष्ट बैंकको बानेश्वर शाखाको सम्पूर्ण कारोबार अब आफ्नै भवनबाट

नयाँ बानेश्वर स्थित एभरेष्ट बैंक लिमिटेडले साबिकको स्थानबाट करिब १५० मिटर पश्चिम आफ्नै नव निर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग तथा सेवाहरू सुचारु गरेको छ ।

बुधवार एक कार्यक्रम आयोजना गरी काठमाडौं महानगरपालिका वडा नं.१०, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यले समुद्घाटन गरेका उक्त समारोहमा अध्यक्ष डा. वैद्यले बैंक विश्वासको सहयात्री भएको साथ साथै नयाँ बानेश्वर र सो आसपासका बासिन्दाहरूलाई सरल, उत्कृष्ट, अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरे ।

साथै सो अवसरमा बैंकले एकै स्थानबाट सम्पूर्ण डिजिटल प्रविधि चलाउन मिल्ने ‘डिजिटल संसार’ को शुभारम्भ गरेको बैंकले जनाएको छ ।

उक्त डिजिटल संसारमा, बैंकिङ्ग क्षेत्रको हाल सम्मकै अत्याधुनिक प्रणाली जडित उपकरण मार्फत ग्राहकवर्गलाई डिजिटल सेवा दिने व्यवस्था गरेको र उक्त स्थानको सुरुवात सँगै ग्राहकहरूले एकै स्थानबाट खाता खोल्ने, नगद कारोबार गर्ने, चेक डिपोजिट गर्ने साथ साथै सेवा सम्बन्धी गुनासो सम्म डिजिटल प्रविधि प्रयोग गरी गर्न सक्ने व्यवस्था रहेको जनाएको छ ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंकमा १४ लाख भन्दा बढी ग्राहकहरू छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको