Like us!
Follow us!
Connect us!
Watch us!

साइपाइलमा खुल्यो एभरेष्ट बैंकको नयाँ शाखा, सबै स्थानीय तहमा बैंक पुर्‍याउने सरकारको लक्ष्य ७ वर्षमा पुरा

अर्थ संसार

शुक्रबार, ११ असोज २०८१, १३ : २४ मा प्रकाशित

साइपाइलमा खुल्यो  एभरेष्ट बैंकको नयाँ शाखा, सबै स्थानीय तहमा बैंक पुर्‍याउने सरकारको लक्ष्य  ७ वर्षमा पुरा

७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने सरकारको लक्ष्य ६ वर्षपछि पूरा भएको छ। एभरेष्ट बैंकले बझाङको साइपालमा शाखा विस्तार गरी कारोबार सुरु गरेसँगै सबै स्थानीय तहमा बैंकिङ सेवा विस्तार भएको हो। 

सरकारले २०७३ मै संघीय संरचनाअनुसार ७५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच विस्तार गर्ने लक्ष्य राखेको थियो। त्यसपछि राष्ट्र बैंकले २०७४ असार मसान्तसम्म बैंकलाई सबै स्थानीय तहमा शाखा विस्तार गर्न निर्देशन दिएको थियो।   ‘क’ वर्गको वाणिज्य बैंक एभरेष्ट बैंकले गत बुधबार मात्रै सुदूरपश्चिमम प्रदेशको बझाङ जिल्लास्थित साईपालमा गाउँपालिकामा  १२९ औं शाखा कार्यालय विस्तार गरेसँगै यो लक्ष्य पुरा भएको हो ।

स्थानीय तहमा जाने ठूलो रकम परिचालन गर्ने अवसर प्राप्त हुने देखेपछि स्थानीय तहमा बैंकका शाखा खुल्ने क्रम बढिरहेपनि साईपाल गाउँपालिका भने ६ वर्षसम्म बैंकिङ पहुँचबाट बञ्चित  थियो ।

साइपाल शाखा पुग्न धनगढीबाट ३ दिनको यात्रा गर्नुपछ। बर्खायाममा पानी र पहिरोले जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्छ। शाखाको औपचारिक उद्घाटन बर्खायाम सकिएपछि गरिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको