Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

अर्थ संसार

विहीबार, १५ फागुन २०८१, १० : १५ मा प्रकाशित

एभरेष्ट बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

एभरेष्ट बैंक लिमिटेडले आज फागुन १८ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको  १० वर्षे अवधिको वार्षिक ७.५० प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ निष्कासन गरेको छ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १८ इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।  बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला भएको हो । यसमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज  क्यापिटलले गरेको छ ।

यस ऋणपत्रमा फागुन २१ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने चैत ३ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको