नेपालका लागि केइ अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटो शोमा लन्च गरिने आफ्ना तीनवटा गाडीको मोडलको नाम बताई पुरस्कार जित्ने सोसल मिडिया क्याम्पेन सुरु गरेको छ ।
क्याम्पेनमा सहभागी हुन केइ नेपालको फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्नको उत्तर लेख्नुपर्नेछ ।
सहभागी मध्येबाट सबै तीन मोडलहरूको सही पहिचान गरी उत्तर दिने एक जना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्न सक्नेछन्। केई नेपालको सोसियल मिडिया फोलोवर्सरूले यस क्याम्पेनमा अनुमान गरी भाग्यशाली विजेता बन्न सक्नेछन्। यो क्याम्पेन भदौ ४ गतेबाट १० गतेसम्म चल्ने बताइएको छ।
आउदै गरेको नाडा अटो शोमा केई अटोमोबाइल्सको स्टल नं एच–१६ मा आएर केई ब्रान्ड र नाडामा सार्वजनिक गरिने केईका गाडीहरूको बारे जानकारी लिन लक्ष्मी इ मोबिलिटीले अनुरोध गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस