Like us!
Follow us!
Connect us!
Watch us!

टिकटकमाथिको प्रतिबन्ध हट्ने निर्णय आजै हुन सक्ने!

अर्थ संसार

विहीबार, ०६ भदौ २०८१, ०८ : १० मा प्रकाशित

टिकटकमाथिको प्रतिबन्ध हट्ने निर्णय आजै हुन सक्ने!

नेपाल सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध फुकाउन हटाउने निर्णय गरिसकेको र बिहीवार बस्ने क्याबिनेट बैठकमा पेस गर्ने तयारी गरिएको छ। 

बिहीवार क्याबिनेट बैठकले निर्णय गरे फेरि देशभर सहज टिकटक एप चल्ने छ । मन्त्रिपरिषद्को निर्णय गरे सँगै मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन पत्र लेख्नेछ। 

नेपालमा टिकटक माथि प्रतिबन्ध अघिल्लो पुष्पकमल दाहाल नेतृत्वको सरकारले लगाएको थियो । सरकारले  २०८० कात्तिक २७ देखि नेपालमा टिकटक प्रयोगमा बन्देज लगाएको थियो। 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको