गृहमन्त्री रमेश लेखकले मुलुकमा राजनीतिक स्थायित्व, दिगो विकास, सुशासन प्रवर्द्धन तथा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ वर्तमान सरकार गठन भएको बताएका छन् ।
ती लक्ष्य पूरा गर्न राज्यका सबै संयन्त्रका साथै समाजका हरेक वर्गको सहयोग अपरिहार्य भएकोमा जोड दिएका छन् ।
आज जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले वर्तमान सरकारका विकासका प्राथमिकताबारे जानकारी दिँदै निकट भविष्यमा नेपाल प्रहरीको संगठनात्मक संरचना सुधारसम्बन्धी कानुन जारी हुने बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस