Like us!
Follow us!
Connect us!
Watch us!

हुन्डाईको "फेष्टिभ डिलाइट २०८१" सार्वजनिक

अर्थ संसार

आइतबार, ०९ भदौ २०८१, १३ : ०३ मा प्रकाशित

हुन्डाईको "फेष्टिभ डिलाइट २०८१" सार्वजनिक

हुन्डाई गाडीको लागि नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं – तिहार लक्षित फेष्टिभ डिलाईट २०८१ योजना सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरुको दशैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरुमा गाडीका साथै अन्य आकर्षक उपहारहरु दिँदै आएको छ । 

यस वर्ष पनि यहि परम्परा कायम राखी १ जना भाग्यमानीले हुन्डाई भेन्यु मेड इन नेपाल लक्की ड्र मार्फत प्राप्त गर्न सक्नेछन् । हुन्डाईको चाड पर्व लक्षित योजना नेपाली अटोमोवाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिदै आएको छ ।

हुन्डार्ड फेष्टिभ डिलाइट २०८१ अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरीदमा १० लाख रूपैयाँसम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप १ लाख रूपैयाँसम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।   

आउँदै गरेको ११ गते सुरु हुने नाडा अटो शो २०२४ मा बुकिङ्ग गर्ने ग्राहकहरुले पनि यस योजनाबाट लाभान्वित हुने कम्पनीकाे भनाइछ । नाडा अटोशो २०२४ मा हुन्डाईको A*2 स्टल भ्रमण गरेर हुन्डाईका विभिन्न उत्पादनहरुको अवलोकन गरी आफ्ना जिज्ञासाहरु पनि मेट्न सक्ने कम्पनीले जानकारी दिएकाे छ । सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना मंसिर २२ (छठ पर्व) सम्म लागू हुनेछ ।

यसै अवसरमा हालै चलिरहेको ‘Hyundai Test Drive and Win’ क्याम्पेन अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडीको लाइनअपहरू मध्यबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरु हात खाली नहुने गरी प्राप्त गर्न सक्नेछन्।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १६ शोरुमहरु, १९ सर्भिस सेन्टरहरु तथा ४३+ चारजिङ पोइन्ट मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडाैं ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको