Like us!
Follow us!
Connect us!
Watch us!

नाडा अटो शो २०२४ लक्षित नबिल बैंकको विशेष अटो लोन योजना

अर्थ संसार

बुधबार, १२ भदौ २०८१, १५ : ४० मा प्रकाशित

नाडा अटो शो २०२४ लक्षित नबिल बैंकको विशेष अटो लोन योजना

नबिल बैंक लिमिटेडले नाडा अटो शो २०२४ लक्षित अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ । मंगलबार (आज) देखि भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोलाई केन्द्रित गरेर योजना ल्याएको हो । 

यस योजनाअन्तर्गत बैंकले पाँच वर्षका लागि ८.२५ प्रतिशत र सात वर्षका लागि ८.४९ प्रतिशत स्थिर ब्याजदरको आकर्षक प्रस्ताव ल्याएको छ । यसले अटो मोबाइल खरिद गर्न चाहने ग्राहकहरूलाई दीर्घकालसम्म सुलभ र स्थिर वित्तीय सहायता उपलब्ध गराउन मदत पुर्‍याउने बैंकले जनाएको छ ।

नबिल बैंकले नाडा अटो शोका क्रममा स्टल नम्बर ई १९ मा छुट्टै सेवा केन्द्र राखेको जनाएको छ । शोमा सहभागी हुने ग्राहकहरूले गाडी छनोट गरी कर्जाको लागि अफर लेटर तुरुन्तै उपलब्ध गराइनेछ । यसका अतिरिक्त, नबिल बैंकले आफ्ना ग्राहकहरूलाई आकर्षित गर्न अन्य विभिन्न अफरहरू पनि प्रस्तुत गरेको छ ।

चाडपर्वको माहौललाई ध्यानमा राख्दै, नबिल बैंकले वित्तीय सहजता प्रदान गर्न र अटो मोबाइल खरिदको प्रक्रियालाई सरल बनाउन यो विशेष योजना सार्वजनिक गरेको हो ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्ष देखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको