Like us!
Follow us!
Connect us!
Watch us!

नाडा अटो शोमा ‘यामाहा डब्लुआर १५५ आर’ र ‘एमटी-१५ भर्सन २’को अनावरण

अर्थ संसार

बुधबार, १२ भदौ २०८१, १५ : ५५ मा प्रकाशित

नाडा अटो शोमा ‘यामाहा डब्लुआर १५५ आर’ र ‘एमटी-१५ भर्सन २’को अनावरण

यामाहाले काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हिजोदेखि सुरु भएको नाडा अटो शो २०२४ को उद्घाटनकै दिन रोमाञ्चक प्रभाव छोड्न सफल भएको छ।

प्रदर्शनीमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुवै सवारीको अनावरण गरेका हुन्। अटो शोमा यामाहाको स्टल एमएम १५ रहेको छ।

शोको उद्घाटनकै दिनमा लन्च गरिएको यामाहा डब्लुआर १५५ आर अफ-रोड एडभेन्चर सेगमेन्टमा गेम चेन्जर बाइक भएको कम्पनीको दाबी छ।

१५५ सीसी लिक्विड कूल्ड इन्जिन रहेको यसले प्रभावशाली १६.५ बीएचपी र १४.३ एनएम टर्क प्रदान गर्छ जसले जुनसुकै भूभागमा यात्रा गर्नका लागि एजिलिटीसँग शक्तिको संयोजन गर्छ।

यामाहाको डब्लूआरसी बाइकहरूबाट प्रेरणा लिएको डब्लूआर १५५ आरमा हल्का तौलको फ्रेम, एडजस्टेबल सस्पेन्सन, डुअल-च्यानल एबीएस र आधुनिक डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश छ।

साहसिक र दक्ष नेपाली बाइकिङ उत्साहीहरूलाई नेपालको पहाडी भूभाग र अन्य कुनै पनि चुनौतीहरूमा पूर्ण नियन्त्रण र सुरक्षा प्रदान गर्ने यामाहा डब्लुआर १५५ आर एडभेन्चर बाइक सेग्मेन्टमा अन्य सबै प्रतिस्पर्धीहरूभन्दा धेरै अगाडि रहेको कम्पनीको दाबी छ।

एमटी-१५ भर्सन २ मा अपसाइड डाउन फ्रन्ट फोर्कहरू, एल्युमिनियम स्विङ आर्महरू, र भेरिएबल भल्भ एक्टुएशन, ट्र्याक्सन कन्ट्रोल सिस्टम, डुअल च्यानल एबिएस र वाई-कनेक्ट फिचर समावेश छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको