Like us!
Follow us!
Connect us!
Watch us!

नाडा अटो शोमा सेरेसका ३ सय बढी र टाटा टियागो ५सय माथि कार बुकिङ

अर्थ संसार

सोमबार, ०१ असोज २०८०, १४ : ११ मा प्रकाशित

नाडा अटो शोमा सेरेसका ३ सय बढी र टाटा टियागो ५सय माथि कार बुकिङ

भदौ २६ गतेबाट ३१ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना भएको १५ औँ संस्करणको नाडा अटो शो २०२३ मा ५०० भन्दा धेरै टाटा टियागो इभीको बुकिङ भएको छ । नेपालका लागि टाटा मोर्टसको एक मात्र आधिकारिक वितरक सप्रिदी ट्रेडिङ प्रा.लि.ले ५०० भन्दा धेरै टाटा टियागो इभीको बुकिङ भएको जनाएको हो ।  विशेषतः सुरुवाती मूल्य रु २१.९९ लाखमा नेपाली बजारमा सार्बजनिक गरिएको टियागो इभीको अटो शोको ६ दिनमा ५०० भन्दा धेरै बुकिङ भएको कम्पनीले जनाएको छ । 

साथै नाडा अटो शोमा नै लन्च गरिएको टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चको बुकिङ पनि उल्लेखनीय रहेको छ । सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले भने , “नाडा अटो शोमा जुन प्रकारको उत्साह सर्वसाधारण अटो पारखीले टाटा मोटर्सका गाडीहरूमा देखाउनुभयो, त्यसले हामीमा थप ऊर्जा थपी दिनुभएको छ। साथै जुन हिसाबले टाटा मोटर्सका गाडीहरुप्रति चासो मात्र नभएर बुकिङ पनि गरिदिनु भएको छ, त्यसले हामीले नेपाली जनताको चाहअनुसारको गाडीहरू ल्याउन सफल भएको महसुस गरेका छौ र भविष्यमा पनि बजारको माग अनुसारको गाडीहरू नेपालमा भित्राउने दृढ सङ्कल्प लिएका छौ" । 

यस्तै, अर्को गाडी नेक्सन इभी एक्स जेट प्लस को ब्याट्री क्षमता ४०.५ किलोवाट र रेन्ज ४५३  किलोमिटर रहेको छ । टियागो इभी जस्त अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक रहेको छ । आरामको लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य   विशेषताहरू भएको नेक्सन इभी एक्स जेट प्लसले अन्य भन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ ।  सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरु छन् ।  

नेपाली बजारमा पहिलो पटक भित्रिएको उक्त कारको २ वटा ब्राण्ड सेरेस् थ्री र सेरेस् मिनी ईभी नाडा अटो शोमा उपभोक्ताको उच्च आकर्षण देखिएको थियो । नेपाली बजार मिनी ईभीको ३ वटा कारको मूल्य १३ लाखबाट सुरु भएर १८ लाखसम्मको छ भने अर्को सेरेस् ३ को दुई वटा कारको मूल्य ४९ लाखबाट सुरु भएर ५२ लाखसम्म छ । अमेरिकामा प्रतिपादन गरिएको उक्त कारको डिजाइन र निर्माण भने चीनमा भइरहेको छ । युरोपका २१ वटा मुलुकमा निकै रुचाइएको यी कम्पनीका कारहरू विश्वका ७० वटा मुलुकमा बिक्री वितरण भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको