Like us!
Follow us!
Connect us!
Watch us!

मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग कर्पोरेट एडभाईजरी सम्झौता

अर्थ संसार

बुधबार, १९ भदौ २०८१, १३ : ४७ मा प्रकाशित

मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग कर्पोरेट एडभाईजरी सम्झौता

मिरा बायोटेक लिमिटेडले पुँजीवृद्धि गर्दै आईपीओ जारी गर्ने भएको छ । सो कम्पनीले पुँजीबृद्धी र आईपिओ निष्काशन प्रक्रिया अगाडी बढाउन एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सम्बन्धि सम्झौता गरेको छ । दक्षिण कोरियाको विश्व प्रसिद्ध बायो फर्मास्युटीकल कम्पनीसँगको सहकार्यमा औषधि उत्पादन गरिरहेको कम्पनी हो । 

सम्झौतापत्रमा एलिट क्यापिटल लिमिटेडका कार्यकारी अध्यक्ष दिनेश आचार्य र मिरा बायोटेक लिमिटेडका अध्यक्ष डा. विनोद साहबीच हस्ताक्षर भएको छ ।   

दक्षिण कोरियाको ईयुबायोलोजिक्स कम्पनी लिमिटेड (ईयूबी) सँगको सहकार्यमा अत्याधुनिक प्लान्टमार्फत औषधी तथा भ्याक्सिन उत्पादन गरिरहेको मिरा बायोटेकले भर्खरै सम्पन्न साधारणसभामार्फत कम्पनीलाई प्राईभेटबाट पव्लिक कम्पनीमा परिवर्तन गर्ने निर्णय गरिसकेको छ । योसँगै यस कम्पनीले २० प्रतिशत सेयर आम सर्वसाधारणलाई बिक्री गर्ने योजना बनाएको छ ।

नेपालमा कार्यरत एक सयभन्दा बढी चिकित्सकहरू र फर्मा वैज्ञानिकहरूको पहलमा स्थापित मिरा बायोटेक अन्तर्राष्टियस्तरको क्रोनिक सेगमेन्टका औषधीहरू उत्पादन गर्ने कम्पनी हो । हाल यस कम्पनीले करिब २ दर्जन ब्रान्डका औषधीहरू उत्पादन गरिरहेको छ । यसबाहेक यसले भ्याक्सिन उत्पादनका लागि पनि काम गरिरहेको कम्पनीका सीईओ सुशील पौडेलले जानकारी दिए ।

हाल ५२ करोड चुक्तापुँजी रहेको यस कम्पनीले चुक्ता पुँजी वृद्धि गर्नका लागि आईपीओ निष्कासन गर्न लागेको हो । एलिट क्यापिटलले ‘रोड टु आईपीओ’ योजनाअन्तर्गत स्टार्टअपदेखि पुराना कम्पनीहरूलाई समेत पब्लिक कम्पनीमा रुपान्तरण, पुँजीवृद्धि र व्यावसायिक प्रवर्द्धनमा परामर्श सेवा दिँदै आइरहेको छ । एलिट क्यापिटलले मिरा बायोटेकलाई पनि आईपीओ निष्कासन अगाडि पुँजी वृद्धि, ब्रान्डिङ र बजारीकरणका लागि वित्तीय व्यवस्थापकीय कार्यमा समेत परामर्श सेवा प्रदान गर्ने जनाएको छ । यसबाहेक आईपीओ निष्कासन प्रयोजनका लागि बिक्री प्रबन्धक र अण्डरराईटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्ने सम्झौतामा उल्लेख छ ।

भक्तपुरको चाँगुनारायणमा आफ्नै जग्गा र भवनमा मिरा बायोटेकको अत्याधुनिक प्लान्ट सञ्चालनमा छ । यसले औषधी व्यवस्था विभागबाट ३० वटा उत्पादनको बजार लाइसेन्स लिएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको