Like us!
Follow us!
Connect us!
Watch us!

एचआइडिसिएलको नाफामा सुधार, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

मंगलबार, २९ साउन २०८१, १० : ४० मा प्रकाशित

एचआइडिसिएलको नाफामा सुधार, प्रतिसेयर आम्दानी कति ?

जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल)ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणले वित्तीय सूचांकहरुमा वृद्धि देखाएको छ।

खुद नाफा

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १ अर्ब ४५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.६७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

प्रतिसेयर आम्दानी

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३१ पैसा बढेर ६ रुपैयाँ ३५ पैसा पुगेको छ।

प्रतिसेयर नेटवर्थ

समिक्षा अवधिसम्ममा प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ९५ पैसा रहेको छ ।

चुक्ता पूँजी/जगेडा कोष

२२ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब १९ कराेड रुपैयाँ सञ्चित छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको