Like us!
Follow us!
Connect us!
Watch us!

बजाजको 'क्यास सफारी' अफर सार्वजनिक

अर्थ संसार

आइतबार, २३ भदौ २०८१, ११ : १२ मा प्रकाशित

बजाजको 'क्यास सफारी' अफर सार्वजनिक

बजाज मोटर साइकलको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले नेपालीहरुको महान चाड बडा दशैँ, तिहार र छठको अवसरमा नयाँ स्किम ‘क्यास सफारी’ ल्याएको छ।

‘हातहातमा हात्ती, लकमा लखपति’ को सन्देश सहित यसपालीको चाडपर्व विशेष हुने कम्पनीले जनाएको छ ।

बजाजको यस योजनाअन्तर्गत ग्राहकहरुले हरेक बजाजको खरिदमा स्योरसट रुपमा १ लाखसम्म क्यास जित्न सक्नेछन् भने साप्ताहिक–ड्र अन्तर्गत हरेक हप्ता एक जोडीले चितवनमा जङ्गल सफारीको अवसर पाउनेछन् ।

त्यसैगरी बम्परमा एक जोडीले केन्यामा जङ्गल सफारीको अवसर पाउने छन् ।

अफर घोषणा गर्दै कम्पनीका हेड अफ मार्केटिङ अमित राज चालिसेले चाडपर्वको अवसरमा ल्याइने यस्ता स्किमले ग्राहकलाई फरक किसिमको अनुभव प्रदान गरेको दाबी गरे। उनले यस वर्ष पनि बजाजले ग्राहकहरूको चाड विशेष बनाउने विश्वास व्यक्त गरे। बजाजले ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरू ल्याउँदै आइरहेको छ। इजी फाइनान्स र ५० प्रतिशत डाउनपेमेन्टको अफर पनि यस चाडपर्वमा लागू हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको