Like us!
Follow us!
Connect us!
Watch us!

विद्युतीय भुक्तानीमा उपभोक्तालाई १० प्रतिशत भ्याट फिर्ता, यी क्षेत्रमा सेवामा भ्याट फिर्ता

अर्थ संसार

सोमबार, २४ भदौ २०८१, ०८ : ०८ मा प्रकाशित

विद्युतीय भुक्तानीमा उपभोक्तालाई १० प्रतिशत भ्याट फिर्ता, यी क्षेत्रमा सेवामा भ्याट फिर्ता

सरकारले मूल्य अभिवृद्धि कर (भ्याट)को कम्प्लाएन्स बढाउन उपभोक्तालाई सहजता दिने गरी ल्याएको प्याकेज कार्यान्वयनमा ल्याएको छ।

विद्युतीय माध्यमबाट बिल भुक्तानी गर्ने उपभोक्ताले भ्याटको १० प्रतिशत फिर्ता पाउने भएका छन्।  २१ भदौको निर्णयअनुसार अब भ्याट फिर्ता हुने आन्तरिक राजस्व विभागले सार्वजनिक सूचनामार्फत् जनाएको छ।

कुनै ग्राहकले एक हजारको सामान खरिद गरेमा १३० रुपैयाँ भ्याट तिर्नुपर्छ। उसले यो रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्दा भ्याट रकम १३० रुपैयाँको १० प्रतिशत अर्थात १३ रुपैयाँ आफ्नो बैंक खातामा फिर्ता पाउँनेछन्। 

उपभोक्ताले भ्याट फिर्ता पाउने क्षेत्र पनि तोकिएको छ। मदिरा पिउने केन्द्र(बार) बाट प्रदान गरिने सेवा, चमेनागृह (रेस्टुरेन्ट)बाट प्रदान गरिने सेवा र सबै प्रकारका होटल मोटल, लज, गेष्टहाउस व्यवसायबाट प्रदान गरिने सेवामा उपभोक्ताले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ता पाइनेछ।

यसका लागि कर बीजकको ढाँचामा बिक्रेताले विद्युतीय बीजक सिर्जना गर्नुपर्ने र उपभोक्ताले विद्युतीय माध्यमबाट भुक्तानी गरेपछि तिर्नुपर्ने मूल्य अभिबृद्धि करको दश प्रतिशतले हुने रकम स्पष्ट हुने गरी विद्युतीय बीजक जारी गर्नुपर्नेछ। 

उपभोक्ताले विद्युतीय माध्यमबाट भुक्तानी गरेको रकम सोझै बिक्रेताको बैंक खातामा जम्मा हुन्छ। यसरी भुक्तानी भएको कर रकमको १० प्रतिशत बिक्रेताको सोही बैंक खाताबाट स्वचालित रुपमा उपभोक्ताको बैंक खातामा फिर्ता गर्नुपर्नेछ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको